Rule 17
कारबाहीको लागि लेखी पठाउने
नियम १४ बमोजिम अनुगमन वा नियमनको क्रममा कुनै स्वास्थ्य संस्थाले ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड पूरा नगरेको वा मापदण्ड बमोजिम सेवा सञ्चालन नगरेको पाइएमा जनस्वास्थ्य निरीक्षकले गुणस्तर तथा मापदण्ड कायम गर्न लगाउनु वा कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।